पश्चिम नेपाल | २४ जेष्ठ २०८२, शनिबार १६:०८
भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका- ८ मन्मै भन्ने ठाउँका १५ वर्षीय भगवती नेपाली रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोही ठाउँका अन्दाजी १२ वर्षीय आशा कुसारी र १० वर्षीय महेश कुसारी अझै बेपत्ता छन् ।


उनीहरू दिदिभाइ हुन् । उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ताहरूको खोजी कार्य भइरहेको डाँगीले बताए ।



