☰ open Loading... 20 June 2025|  

सुर्खेतमा ट्रकले ठक्कर दिँदा फोर्स गाडीमा सवार ८ जना घाइते
पश्चिम नेपाल   | २४ जेष्ठ २०८२, शनिबार २१:४१

शनिबार साझ सुर्खेत भेरीगंगा नगर पालिका – ५ स्थित नेपालगञ्जबाट सुर्खेत तर्फ जादै गरेको चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.१० बस्ने बर्ष ३८ को तेज बहादुर कार्कीले चलाएको क.प्र.०२००१ ख ०८५० न.को फोर्स गाडीलाई बिपरित दिशाबाट आउदै गरेको सु.प.प्र.०१००१ ख.२९३४ नम्बरको ट्रकले ठक्कर दिँदा फोर्स गाडीमा सवार ८ जना घाइते भएका छन । जसमध्य ८ जना घाइतेलाई उपचारको लागी नेपालगञ्ज तर्फ पठाइएको छ । ३ जना सकुशल रहेको प्रहरीले जनाएको छ । फरार रहेका ट्रक चालक प्रहरी पोष्ट बबई सुर्खेतको नियन्त्रणमा रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।
थप अपडेटः-ऐ.२०;२० बजेको समयमा निम्न ३ जना घाइतेहरु मेडिकल कलेज कोहलपुरमा पुगी उपचार भइरहेको साथै ट्रक घाइतेको अबस्था –
१ जिल्ला सुर्खेत भेरीगंगा न.पा. १० बस्ने वर्ष ४० कि लक्ष्मी घर्तीको टाउको र शरीर बिभिन्न भागमा चोट अवस्था सिरियस ।
२.ऐ.ऐ. १२ बस्ने वर्ष ३९ कि मनि राजीको टाउको र शरीर बिभिन्न भागमा चोट अवस्था मध्यम ।
३.जिल्ला सुर्खेत वि.न.पा. ८ वस्ने वर्ष २६ को दिनेश पुलामी मगरको टाउको, शरीर बिभिन्न भाग र कम्मरमा गम्भीर चोट अवस्था सिरियस ।
थप अपडेटः-ऐ.२०;३० बजेको समयमा मेडिकल कलेज कोहलपुरमा पुगी उपचार भइरहेको ।
४.जिल्ला कैलाली टिकापुर न.पा. ७ वस्ने वर्ष ७२ को नरिसरा थापाको टाउको, अनुहार र छातीमा चोट अवस्था सिरियस ।
५. ऐ.ऐ. बस्ने वर्ष ३७ को दिपेन्द्र थापा