पश्चिम नेपाल | २५ जेष्ठ २०८२, आईतवार ११:५१
शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ।
चाँदीको मूल्य पनि तोलामा ५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ।


अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।



