☰ open Loading... 20 June 2025|  

कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) श्रेष्ठलाई दैलेखमा भब्य स्वागत
पश्चिम नेपाल   | २७ जेष्ठ २०८२, मंगलवार २१:४४

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) माधव प्रसाद श्रेष्ठलाई दैलेखमा भब्य स्वागत गरिएको छ । दैलेखस्थित राजनितिक दलका प्रमुखहरु, उद्योगी ब्यवसायी तथा स्थानीय नागरिकहरुले भब्य स्वागत गरेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी सम्हाले लगत्तै कालिकोट, मुगु र जुम्ला जिल्लाको निरिक्षणमा निस्किएका डिआइजी श्रेष्ठ मंगलबार दैलेख पुगेका थिए । मंगलवार दैलेखमा भब्य कार्यक्रम माँझ स्थानीयहरुले स्वागत गरेका हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय दैलेखको प्रमुख हुँदा श्रेष्ठले जटिल परिस्थितिमा पनि नागरिकसंगको समन्वयमा राम्रो काम गरेका थिए । पत्रकार डेकेन्द्रराज थापाको न्यायको लागि पत्रकारहरु आन्दोलित अवस्थामा भईरहेको बेला श्रेष्ठ दैलेख आएर जिल्लाको कमाण्ड सम्हालेर थिए ।

नागरिकको समस्या बुझ्ने सरल स्वभाव भएको डिआइजी कर्णालीले पाउनु राम्रो पक्ष भएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए । त्यस्तै कर्णालीले शान्ति सुरक्षाका राम्रो नेतृत्व पाएको उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र बहादुर थापाले बताए । आफुहरुले दैलेखमा नारायण नगरपालिकाको सहयोगमा विगतमा राखेको सिसि मर्मत तथा नयाँ क्यामरा राखेर शान्ति सुरक्षामा थप सहयोग गर्न लागिरहेको थापाले बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति मणीराम रेग्मी, नेकपा माओवादीका जिल्ला ईन्चाज प्रेम कटुवाल, नेकपा एमालेका नेता रविन्द्रराज शर्मा लगायत जिल्लाका ब्यवसायी, नागरिक समाजका अगुवा, पत्रकारहरुले डिआइजी श्रेष्ठले विगतमा गरेको राम्रो कामको प्रंशसा गर्दै कर्णालीले अब्बल प्रहरी नेतृत्व पाएकोमा सफल कार्यकालको शुभकामना दिएका थिए ।

डिआइजी श्रेष्ठले आफुले कर्णालीमा शान्ति सुरक्षाका लागि, लागुऔषध नियन्त्रण लगायतका कुराहरुमा प्रतिवद्ध भएर लाग्ने बताए ।