यामराज बिष्ट | २८ जेष्ठ २०८२, बुधबार ०६:०६
दैलख –कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनोदकुमार शाहले दैलेख सदरमुकाममा कोल्ड स्टोर उद्घाटन गरेका छन । जिल्ला कृषि विकास कार्यालय दैलेखले नारायण नगगरपालिका- ६ गणेशचोक नजिक नजिकै निमार्ण गरिएको कोल्ड स्टोर उनले उद्घाटन गरेका हुन् ।
एक सय ५० मेट्रिकटन क्षमताको तीन वटा चेम्बरसहित कोल्ड स्टोर संञ्चालन भएपछि किसानले लाभ लिनेछन्।


भावनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको करिब ७८ लाखको लागतमा दुई वर्ष अगाडि निर्माण गरिएको विकास कार्यालय कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरत पाण्डेले बताए ।
कोल्ड स्टोर संञ्चालन भएपछि अब कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादनहरू लामो समयसम्म ताजा राख्न प्रदेशबाहिरका चिस्यान केन्द्रमा लिनुपर्ने बाध्यता हटेको उनले बताए ।



