☰ open Loading... 20 June 2025|  

सहकारीले उत्पादनमा जोड दिनुपर्ने :मन्त्री शाह
पश्चिम नेपाल   | २८ जेष्ठ २०८२, बुधबार ०६:५३

यामराज बिष्ट
दैलेख। कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिनोद कुमार शाहले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । मंगलबार दैलेख सदरमुकाम नजिकै रहेको एकिकृत कृषि बजार उद्घघाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले किसिमका संरचनाले किसानका उत्पादन लागि सहज हुने बताए। उनले निर्माण भएको संरचना संरक्षण गर्ने तपाईं हाम्रो दायितत्व भएको बताए । उनले किसानले उत्पादन गरिएका कृषि बस्तुहरु बजारीकरणका लागी ठुलो सहयोग हुने बताए ।उनले आफुलाई आत्मनिर्भर बनाउन उत्पादनलाई जोड दिन किसानलाई आग्रह गरे।
यस्तै उद्घाटन कार्यक्रममा नारायण नगरपालिका लोमन शर्माले राम्रो कामको सुरुवात भएको बताए । उनले कृषि बजार निर्माणले किसानलाई ठुलो राहत हुने बताए। उनले नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन सहयोग गर्न प्रदेश र सघं सरकार संगको सहकार्यमा काम गरिएको समेत बताए । उनले उत्पादन गरिएको बस्तुको बजारीकरणका लागि संरचना निर्माण गरिएको बताए ।

नारायण नगरपालिका – १ स्थीत सल्लीडाडा नजिकै निर्माण भएको एकिकृत कृषि बजारको संरचना निर्माणका लागि नारायण नगरपालिका र कृषि क्षेत्र बिकास कार्यक्रको साझेदारीमा एक करोड ३३ लाखमा निर्माण गरिएको नारायण नगरपालिका कृषि शाखाका कृषि अधिकृत खेमराज शर्माले बताए ।