☰ open Loading... 20 June 2025|  

कुकर पड्किँदा बालिका घाइते
पश्चिम नेपाल   | २८ जेष्ठ २०८२, बुधबार ०६:५६

खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मङ्गलबार अपराह्न आफ्नै घरमा खाना पकाउँदै गर्दा कुकर पड्किँएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन ।

कुकर जाम भएर वासर फुत्किदा पड्किँएपछि नजिकै बसिरहेका बेला तातो दाल एक्कासि छल्किदी बोहोराको अनुहार र घाँटी तातो जलेको बुवा छक्क बहादुर बाहोराले बताए ।