☰ open Loading... 20 June 2025|  

दैलेखमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
पश्चिम नेपाल   | २९ जेष्ठ २०८२, बिहीबार २०:५८

यामराज बिष्ट दैलेख  । दैलेखमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नारायण नगरपलिकाको आयोजनामा पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता सुरु भएको हो।

भलिबल प्रतियोगिता यही जेठ २९ गतेदेखि जेठ३१ गतेसम्म संञ्चालन हुने नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्यायले बताए।पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद २०हजार रुपियाँ, द्वितीय हुनेले १५हजार रुपियाँ, तृतीय हुनेले १० रुपियाँ र उत्कृष्ट हुनेले ३ हजाररुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने उनलेे बताए  ।

त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले२० हजार रुपैयाँ, द्वितीय हुनेले१५ हजार रुपैयाँ, तृतीय हुनेले १०हजार रुपैयाँ र उत्कृष्ट हुने नगद ३ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

नारायण नगरपालिका भित्र लुकेर रहेका खेलाडीहरुकाे प्रतिभा बाहिर ल्याउनुका साथै खेलाडीहरुकाे प्रतिभा प्रहिचानकाे आधारमा थप प्ररिक्षण साथै  अगाडि बढाउन लागि अवसर दिने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद बिकाश शाखा बाल विकास संयाेजक कर्ण बहादुर खत्रीले बताए । उनले संघ,प्रदेश, स्थानीय तहले खेल संञ्चालनकाे निम्ति पालिकाकाे खेल मैदान  तथा आबश्यक स्रोत साधनकाे ब्यवस्थापन गर्नुपर्ने बताए ।

यो भलिबल प्रतियोगिताले खेलको विस्तारका लागि टेवा पुग्ने नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए  । उनले पालिका स्तरी भलिबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरिने बताए ।
पूर्वप्रतिनिधी सभाका सांसद रविन्द्रराज शर्माले यस्ता प्रतियोगीताले भलिबलको व्यापक प्रचारप्रसार र प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानिय सरकारले यस्ता खाले प्रतियोगिता बेला बेलामा सञ्चानल गर्नुपर्ने बताए।