पश्चिम नेपाल | १ असार २०८२, आईतवार १०:१७
दैलेखी सेवा समाज सुर्खेतको आयोजना विश्व रक्तदाता दिवशको अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको छ । समाजको अगुवाईमा भएको कार्यक्रममा ११ जनाले रक्तदान गरेको जनाईएको हो ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा दैलेखी सेवा समाजले रक्तदान कार्यक्रम गरेको हो ।
विरामीलाई रगत अभाव नहोस् भनेर दैलेखी सेवा समाजले रक्तदान कार्यक्रम गरेको जनाईएको छ ।


रगत अभाव नहोस् भनेर आफुले रक्तदान कार्यक्रम राखेको दैलेखी सेवा समाजका सचिव दुर्गा प्रसाद रेग्मीले बताए ।



