☰ open Loading... 21 June 2025|  

खोलामा डुबेर बालकको मृत्यु
पश्चिम नेपाल   | १ असार २०८२, आईतवार १७:५५

दैलेख– मलामी गएका बेला पौडी खेल्दै गर्दा पानीमा डुबेर एक बालकको डुबेर मृत्यु भएको छ ।गुराँस गाउँपालिका–४ रिठा गाउँका ११ वर्षीय बालक कमल खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गुराँस गाउँपालिका–२स्थीत रातिखोला घाटमा पौडी खेल्दै गर्दा डुबेर बेहोस भएका खड्कालाई उपचारका लागि दैलेख अस्पतालमा पु¥याइएको थियो ।
पौडी खेलेको ठाउँमा डुबेको थाहा पाएर उद्धार गरेर प्रहरी समेतको सहयोगमा दैलेख अस्पतालमा पु¥याई सकेपछि चिकित्सकले बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।