दैलेख। नारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको छ ।शनिबार एक कार्यक्रम बिच ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नगरपालिकाले घोषणा गरेको हो ।
नारायणका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त सुनिश्चिता नगरपालिका घोषणा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले बताए ।२३महिना मुनिका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोे उनले जानकारी दिए । उनले, “१६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले लगाएको खोप सुनिश्चिता भएपछि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको हो ।
नारायण नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणाले कार्यव्रmमले दिगो विकास लक्ष्य हासिल गर्न महत्वपुर्ण भूमिका खेल्ने स्वास्थ्य सेबा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । उनले यो कार्यमा सबैको महत्वपूर्ण योग्दान रहेको बताए ।
सबै वडामा रहेका बालबालिकाहरुको खोजी गरी खोपको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा ल्याउनुपर्ने नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले जानकारी दिए । उनले पूर्ण खोप युक्त नगरपालिका घोषणा गर्न स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताए । नगरपालिकाले सबै बालबालिकाले पूर्ण खोप पाएकोले सुनिश्चिता सहित ११ वटै लाईलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको छ ।





