☰ open Loading... 20 June 2025|  

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार
पश्चिम नेपाल   | २ असार २०८२, सोमबार ०७:३५

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो।

आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कर्णाली प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच अन्तिम घडीसम्म पनि सहमति जुट्न नसक्दा बजेट असार १ गते मध्य राति मात्र सार्वजनिक गरिएको हो।

बजेट विनियोजन विवरण अनुसार पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रहेको छ भनेव चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ रहेको छ ।

कानुन अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यताले गर्दा दलहरूबीच सहमति नजुट्दा पनि अन्ततः मध्यराति बजेट ल्याउनुपरेको हो।

दिनभर दलहरूबीच चलिरहेको राजनीतिक खिचातानी र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूद्वारा बजेट बहिष्कारको चेतावनीका कारण बजेट प्रस्तुत हुने–नहुने विषयमा अन्योल देखिएको थियो।

तर अन्ततः कानुनी बाध्यता पालना गर्न प्रदेश सरकारले समयसीमाभित्रै बजेट सार्वजनिक गरेको हो।