☰ open Loading... 20 June 2025|  

पोषणमा सुधार गर्न सरोकारवाला सँग छलफल
पश्चिम नेपाल   | २ असार २०८२, सोमबार ०९:१९

दैलेख। दैलेखमा पोषणमा सुधार गर्न सरोकारवाला सँग छलफल गरिएको छ । केयर नेपालको साझेदारीमा एभरेस्ट क्लब दैलेख मार्फत सञ्चालित पोषण परियोजनाले दैलेख सरमुकाममा आयोजना गरिएको कार्यक्रममा पोषणमा सुधार गर्न सरोकारवाला संग छलफल गरिएको हो ।

दैलेखका पाँच वटा स्थानीय तहमा बालबालिकामा कुपोषणको अवस्था बढेको पाइएको पोषण परियोजना संयोजक राजु केसीले बताए ।परियोजनाले कार्यक्रम सञ्चालन गरेका आठबीस नगरपालिका,ठाटिकाँध गाउँपालिका,डुगेश्वर गाउँपालिका,गुराँस गाउँपालिकामा सात हजार ३ सय ३५ जना पाँच वर्ष मुनिका बालबालिकामा पोषण लेखाजोखा गर्दा तीन सय २० जना बालबालिकामा कुपोषण रहेको उनले बताए । उनका अनुसार ३६ जना बालबालिका अति शीघ्र कुपोषित छन् भने दुई सय ८४ जना शीघ्र कुपोषित रहेका हुन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका पोषण शाखा प्रमुख पार्वती रेग्मीले जिल्लामा भनेजस्तै उपचार भएको बताए । उनले पोषणको अवस्थामा सुधार ल्याउन लक्षित वर्गसम्म कार्यक्रमको पहुँच हुनुपर्नेमा जोड दिए । उनले कृपोणको बारेमा सबै बुझ्नुपर्ने बताए ।
यस्तै नारायण नगरपालिका सामाजिक बिकास अधिकृत खमबहादुर थापाले यस्ताखाले कार्यक्रम पोषण मैलि पालिका घोषणा सहयोग पुग्ने बताए ।उनले खानेकुरा मिलायर खानुपर्ने बताए । उनले पोषणयुक्त खानपानको अभावमा बालबालिकाहरू कुपोषित हुनेगरेको चर्चा गरे ।
यस्तै एभरेष्ट क्लबका महासचिव यज्ञराज थापाले बिगत देखि क्लबले विभिन्न परियोजना मार्फत पोषण सुधार गर्न काम गरेको बताए उनले सरकार निकाय संग समन्वय गरेर काम गरेको बताए । उनले पोषण सुधार गर्न स्थानीय सरकार र सम्बन्धित निकायको पूर्ण सहयोग गनुपर्ने बताए । उनले कुपोषणकै कारण बौद्धिक क्षमतामा कमी आउने बताए । उनले परियोजनामार्फत सबैको सहयोगले बच्चा र आमाको स्वास्थ्यमा केही परिवर्तन गर्ने गरी काम गर्नुपर्ने बताए ।