☰ open Loading... 20 June 2025|  

सत्ता साझेदारको रस्साकस्सीले अलमलमा सदस्यसचिव नियुक्ति
पश्चिम नेपाल   | २ असार २०८२, सोमबार १०:३८

कर्णाली प्रदेश खेलकुद विकास परिषद्‍मा गत पुस ६ गतेदेखि सदस्यसचिवसहितका पदाधिकारी रिक्त छन् । जसका कारण कर्णाली रङ्गशाला निर्माण सम्पन्न हुन ढिलाइ हुन पुगेको छ भने मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकासमन्त्री घनश्याम भण्डारीमाथि गम्भीर प्रश्न उठेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्य(सचिव नियुक्तिबारे उच्च अदालत सुर्खेतको अन्तरिम आदेशबाट सदस्य सचिबको कामकाज गर्न रोकिएको छ ।

मन्त्रालयबाट आर्थिक अख्तियारीसहित सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमाललाई जेष्ठ १८ गते सदस्यसचिवको जिम्मेवारी दिईएको थियो ।

त्यसलगत्तै कानुन ब्यवसायीहरुले त्यसको विरुद्धमा उच्च अदातल सुर्खेतमा रिट दिएका थिए ।