पश्चिम नेपाल | ४ असार २०८२, बुधबार २०:५२
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा बुधबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भैँसी चराउन गएकी स्थानीय ४५ वर्षीया जन्ममति यादवको चट्याङको चपेटमा परी ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय, गणेशपुरका अनुसार बिजयनगर गाउँपालिका-५, नैरंगीयाकी यादव डालपुर-नयाँबस्ती गाउँ नजिकैको खेतमा भैँसी चराइरहेकी थिइन्।
साँझ करिब साढे ५ बजेतिर मेघगर्जनसहित पानी परेपछि उनी ओत लाग्न नजिकैको पिपलको रुखमुनि बसेकी थिइन्। सोही क्रममा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए।


मृतकको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



