पश्चिम नेपाल | ५ असार २०८२, बिहीबार १२:१९
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले इन्धनमा मात्रै एकै वर्षमा ४४ लाख बढी रुपैयाँ इन्धनमा खर्च गरेको छ ।
कार्यालय प्रयोजनका लागि ३५ लाख ८४ हजार ५१ र पदाधिकारी प्रयोजनका लागि ८ लाख गरी कुल ४४ लाख १५ हजार ९ सय ४९ रुपैयाँ खर्च गरेको हो । तर कार्यालयले कुन गाडीको लागि कति इन्धन उपलब्ध गराएको हो, कुन प्रयोजनको लागि सवारीसाधन प्रयोग गरिएको हो भन्ने जानकारी दिने लगबुक लगायत अभिलेख आंशिक मात्र राखिएको पाइएको छ ।
यसले इन्धन खर्च कार्यालयको कार्यमा मात्रै भएको भन्ने ठोस प्रमाण नदिएको महालेखाको निष्कर्ष छ ।


महालेखाले यस्तो अवस्थामा सार्वजनिक श्रोतको दुरुपयोगको आशङ्का हुने भन्दै इन्धन खर्चमा मितव्ययिता अपनाउन र सम्पूर्ण विवरण अभिलेखीकरण गरी पारदर्शिता सुनिश्चित गर्नुपर्ने निर्देशन दिएको छ ।



