☰ open Loading... 20 June 2025|  

आज देशभर वर्षा
पश्चिम नेपाल   | ६ असार २०८२, शुक्रबार ०९:३८

नेपालमा मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदलीको मौसम कायम छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ, भने उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ।

कोशी, बागमती, गण्डकीका हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा, तराईमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईमा जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा, हावाहुरीको जोखिम रहेको विभागले जानकारी दिएको छ।

लुम्बिनीमा राति हिमाली र पहाडी क्षेत्रमा भारी वर्षा, तराईमा मध्यम वर्षा हुने छ। कर्णाली र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षा, चट्याङको सम्भावना देखिएको विभागले जानकारी गराएको छ।

आज दिनभरी मेघगर्जन, चट्याङ र भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्छ। विभागले आवश्यक सतर्कता अपनाउन र तयारी गर्न अनुरोध गरेको छ। यो वर्षको मनसुन जेठ १५ गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र हाल देशका अधिकांश भू–भागमा सक्रिय छ।