पश्चिम नेपाल | ६ असार २०८२, शुक्रबार १३:३२
दैलेख । नारायण नगरपालिका- ६ स्थित भुतेश्वर मन्दिरमा पुर्ननिमार्ण भएको शिवको मूर्ति निर्माणकालागी समाजसेवी हरिचना थापाले तीन लाख रुपैया नगद सहयोग गरेकी छन् ।
नारायण नगरपालिका – २ जाहरकाेट नाैलागाँउ निवासी सेवा निबृत हुलाक अधिकृत स्वर्गिय बखत बहादुर थापाको ११ औं पुण्य तिथीकाे अवसरमा उनकी धर्म पत्नी हरिचना थापाले शिवको मूर्ति निर्माणका लागी तीन लाख रुपैयाँ सहयोग गरेको नारायण नगरपालिका -६का वडाध्यक्ष जनक न्याैपानेले बताए ।


उनले एक कार्यक्रम बिच नारायण नगरपालिका दैलेखका प्रमुख लाेमन शर्माद्वारा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष साेम प्रसाद रेग्मीलाई ३ लाखको चेक हस्तान्तरण गरेका बताए । उनलेे निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे।



