☰ open Loading... 20 June 2025|  

सुर्खेत प्रहरीको कार्यशैलीप्रति पत्रकारका गुनासा
पश्चिम नेपाल   | ६ असार २०८२, शुक्रबार १६:४५

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी अधिकाँध पत्रकारले सुर्खेत जिल्ला प्रहरी कार्यालयको कार्यशैलीप्रति चर्को विरोध गरेका छन् । पछिल्लो १ महिनायता जनतालाई सुरक्षा आभास गराउने भन्दा पनि प्रहरीहरुबाटै असुरक्षित महशुस गरेको बताएका छन् ।

प्रहरीहरुले अनाहकमै नागरिकहरुलाई दुःख दिने गरेको गुनासो आएको पत्रकारहरुले नयाँ सुरुवा भएका आएका डिआइजी माधव प्रसाद श्रेष्ठसंग गरे । पीडित बनेर गएका सर्वसाधारणहरुमाथि नै विभिन्न आरोपमा मुद्दा दर्ता गरेर प्रहरीले दुःख दिने गरेको बताएका हुन् ।

शान्ती सुरक्षाका नाममा नागरिकहरुलाई सास्ती दिने खालका प्रहरीबाट गतिविधि भएको भन्दै पत्रकारहरुले डिआइजी श्रेष्ठलाई रोक्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षा अब्यवस्थित भएको भन्दै सुधार हुनुपर्ने समेत सुझाव दिईएको थियो ।

सुर्खेत प्रहरी हिरासत कक्षमा पुगेका थुनुवाहरुलाई प्रहरीबाट दुब्यबहार शब्दहरु प्रयोग गरिने भन्दै सुधार हुनुपर्ने पत्रकारहरुले सुझाव दिए । जटिल प्रकृतीका घटनाहरुमा प्रहरीको सक्रियताभन्दा पनि बजार तर्साउर्ने खालका कामहरु भईरहेको भन्दै शान्ती सुरक्षा जनताले महशुस हुने खालका कामहरु गर्नुपर्ने पत्रकारहरुले सुझाव दिए ।

सुर्खेत प्रहरीले जुवातास र होटलमा छापा मारेर राम्रो गरेको प्रशंसा समेत पत्रकारहरुले गरेका छन् तर, अन्य सामान्य मुद्दाहरुमा प्रहरी हावी हुँदा नागरिकहरुले दुःख पाईएको पत्रकारहरुले बताए ।

डिआइजी श्रेष्ठले पत्रकारहरुले उठाएको सवालहरुमा छलफल हुने बताए ।