पश्चिम नेपाल | २४ असार २०८२, मंगलवार १५:२३
सुर्खेतमा मैत्रीपूर्ण भलिबल खेल खेलाएर विश्व भलिबल दिवश मनाईएको छ । कर्णाली प्रदेश भलिबल संघको आयोजनामा वीरेन्द्रनगरमा महिला र पुरुष भलिबल खेल खेलाईएको हो ।
विश्व भलिबल दिवशको अवसरमा खेलाडी, भलिबल पदाधीकारीहरुले खेल मैदानमै केक काटेर पनि मनाईयो थियो । विश्व भलिबल दिवसको अबसरमा महिलातर्फ चुली युवा क्लब जाजरकोट र पुरुषतर्फ कर्णाली खेलकुद शिक्षक प्रशिक्षणमा सहभागी शिक्षक र चुली युवा क्लबबिच मैत्रीपुर्ण खेल सञ्चालन गरिएको कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।