पश्चिम नेपाल | २५ असार २०८२, बुधबार १७:५४
वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका मुख्य चौकहरुमा ट्राफिक बत्ती जडानको कार्य सुभारम्भ गरेको हो ।
जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६, स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चौकबाट ट्राफिक बत्ती जडान गरेर सञ्चालनमा ल्याएको छ ।
आवश्यक प्राविधिक परीक्षण पश्चात जडान गरिएका बत्ती नगर प्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई बुधबार हस्तान्तरण गरेकी हुन् ।
चालू आर्थिक वर्ष २०८१-०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वीरेन्द्र चौकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको थियो ।