भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष दिनेश पुलामीले नगरसभामा खुलेर आक्रोश पोख्दै अभूतपूर्व ढंगले विरोध जनाएका छन् । भेरीगंगा नगरपालिकाको १७औँ नगरसभामा अध्यक्ष पुलामीले आफ्नो वडाको बजेट कटौती गरेको भन्दै मोबाइल फुटाउनुका साथै कुर्सी समेत पछारेर बैठक बहिस्कार गरेका हुन् ।
बैठकमा वडाध्यक्ष पुलामीले नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलको अगाडि बजेट पुस्तिका समेत च्यातेर फालेका छन् । आफुलाई फोन गर्नुपथ्र्यो, मलाई थाहै नदिएर बजेट कटौती गर्ने को हो ? भन्दै उनले प्रश्न गरे । उनले कार्यपालिका सदस्यदेखि नगरप्रमुखले बजेट बाँडेको तर त्यसमा कसैको ध्यान नगएको र आफ्नो वडाको ३० लाख बजेटमा मात्रै सबैको आँखा गएको बताए ।
उनले आफु पनि जनताबाट निर्वाचित जनप्रतिनिधि भएको बताउँदै कसको कारण बजेट काटिएको हो भन्दै पुनस् प्रश्न गरे । उनले मोबाइल फटाउनुभन्दा पहिले भने, ‘हामीसँग मोबाइल थिएन्, मोबाइल थिएन भने लानुहोस् नत्र म यही फटाइदिन्छु हामीलाई हेप्ने यार, कसको लागि कसले के गरेको छ,’
उनले बजेट कसलाई नपुगेको हो १ नम्बर वडाको बजेट लैजानुहोस् फरक पर्दैन भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘त्यो बजेट चाहिएको छैन् तपाइँहरु लैजानुहोस्, केही फरक पर्दैन्,’ उनले बाँकी दिनमा यसको हिसाब किताब गरौलाँ भन्दै कुर्सी र पछारेरको मोबाइल उठाएर भुईमा पछारे ।