दैलेख । दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सबै उमेर समूहका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेपछि शुक्रबार एक कार्यक्रम बिच पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका ११ वटै स्थानीय तहका जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १४ किसिमका खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए । उनले आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले जिल्लालाई पूर्ण खोप सुनिश्चतता गराउन सहयोग गर्ने सबैलाई धन्यबाद बताए ।
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही घोषणा अस्पतालबाट प्रभावकारी ढङ्गबाट औषधी वितरण नभएको बताउँदै औषधी प्रभावकारी ढङ्गबाट वितरण गर्नुपर्ने बताए । उनले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालालाई धन्यवाद दिए ।