☰ open Loading... 27 September 2025|  

लायन्स क्लबद्वारा वृक्षारोपण
पश्चिम नेपाल   | २८ असार २०८२, शनिबार १३:५६

दैलेख – दैलेखमा लायन्स क्लब अफद्वारा वृक्षारोपण गरिएको छ । दैलेखको नारायण नगरपालिका- ६ बेलासपुर मन्दिर परिसरमा वृक्षारोपण गरिएको लायन्स क्लब दैलेखका अध्यक्ष राजु केसिले जानकारी दिए ।

उनले हराभरा बनाउन वृक्षरोपण कार्यक्रमले सहयोग पुर्‍याउने बताए । उनले वृक्षारोपणका साथै समयसमयमा रोपेका विरुवाको गोडमेल र सुरक्षा पनि आवश्यक रहेको बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अन्य सदस्यहरू, स्थानिय बासिन्दा र युवाहरूको पनि सहभागिता रहेको थियो।