☰ open Loading... 27 September 2025|  

किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ
पश्चिम नेपाल   | ३१ असार २०८२, मंगलवार १३:४१

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ मा बसोबास गर्दै आएको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पीडित किशोरीमाथि ३६ वर्षीय उदय चन्दले जबरजस्ती करणी गरेको उजुरीका आधारमा सोमबार बिहान उनलाई पक्राउ गरिएको हो।

उक्त उजुरीपछि खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रहरीले कानुनी प्रक्रिया अघि बढाइरहेको छ भने पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको बताइएको छ।