☰ open Loading... 27 September 2025|  

सोसेकको १८ औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षण
पश्चिम नेपाल   | ३ श्रावण २०८२, शनिबार ०६:३४

दैलेख- सामाजिक क्षेत्रमा सक्रिय सोसेक नेपालले बृहत् रूपमा आफ्नो १८औं संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको छ । हिला, बालबालिका, दलित, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले आफ्नो संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही प्रमुख सोसेक नेपालको कार्यशैली अन्य गैरसरकारी संस्थाले पनि अनुकरण गर्नुपर्ने बताए । उनले कतिपय संस्थाले कागजमा मात्र काम देखाउँछन्, तर सोसेकले वास्तविक समुदायमा पुगेर परिवर्तन ल्याएको बताए ।

त्यस्तै, दुल्लु नगरपालिका–८ का वडाध्यक्ष सुशील भण्डारीले संस्थाका सबै क्रियाकलाप पारदर्शी, लेखा परीक्षणसहित र सुशासनयुक्त भएको बताउँदै त्यसप्रति विश्वास व्यक्त गरे ।

कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरा सिंह थापाले हाल संस्थाले १० जिल्लामा २४० कर्मचारीसहित सक्रिय रहेको जानकारी दिए । उनले समुदायस्तरमा कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको बताए ।

संस्थाले असमानता, महिला हिंसा, बालविवाह, महिनावारी विभेद, शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण तथा आयआर्जनका क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै उनले बताए ।

सोसेक नेपालका अध्यक्ष मन्जु खड्काले सामाजिक क्षेत्रमा थुप्पै काम गरेको बताईन् । उनले समुदायमा रहेको कुरीति, कुसँस्कार, महिला हिंसा, बालविवाह, महिनावारी विभेद लगायतका समस्या निर्मुल हुँदै जाने बताईन् ।