☰ open Loading... 27 September 2025|  

दैलेखी सेवा समाजद्धारा मन्दिर सरसफाई
पश्चिम नेपाल   | ४ श्रावण २०८२, आईतवार ११:२४

दैलेखी सेवा समाज सुर्खेतद्धारा वीरेन्द्रनगरमा रहेका मन्दिरहरुको सरसफाई गरिएको छ । बार्षिक कार्यक्रम अन्र्तगत वीरेन्द्रनगर नगरपालिका –८ स्थित मन्दिर सरसफाई गरिएको हो ।

८ नम्वर वडामा रहेका शिव मन्दिर र राधा कृष्ण मन्दिर सरसफाई गरिएको कोषाध्यक्ष खेमराज थापाले बताए । सुर्खेतमा स्थापना भएको छोटो समयमा दैलेखी सेवा समाजले उत्कृष्ट कार्यहरु गर्दै आईरहेको छ ।

दैलेखी सेवा समाजले मन्दिर सरसफाई कार्य गरेर आस्थाको धरोहरको संरक्षण गरिएको कृष्ण मन्दिरका पुजारी विष्णु चालिसेले बताए । भविष्यमा दैलेखी सेवा समाजले सामाजिक कार्यहरुका साथै सुर्खेतमा बस्ने दैलेखीहरुको हकहितमा आफुलाई समर्पित गर्ने आशा लिईएको छ ।