☰ open Loading... 27 September 2025|  

धुलियाबिटमा बोलेरोको ठक्करबाट एकको मृत्यु, एक घाइते
पश्चिम नेपाल   | ७ श्रावण २०८२, बुधबार १२:३३

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिक बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

गुमीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ च.०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका दुई स्थानीयलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।

दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिटका अन्दाजी ३४ वर्षीय प्रेम बुढाको पेट र टाउकोमा गम्भीर चोट लाग्दा उपचारका क्रममा करिब ११ बजेको समयमा उनको मृत्यु भएको छ।

त्यस्तै सोही दुर्घटनामा परी अन्दाजी ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक अजय डाँगीको कमाण्डमा १६ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। हाल बोलेरो चालक सुर्खेतको लेकबेशी नगरपालिका ६ का २१ बर्षिय यामलाल सुनार र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ।