☰ open Loading... 4 November 2025|  

४९ जना सवार रूसी जहाज सम्पर्कविहीन
पश्चिम नेपाल   | ८ श्रावण २०८२, बिहीबार १३:४७

४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो।

साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रतर्फ उडेको थियो।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार ४३ जना यात्रु उक्त जहाजमा छन्।

जसमध्ये पाँच जना बच्चा छन्। बाँकी ६ जना चालक दल सदस्य छन्।

‘सबै निकायहरूलाई जहाजको खोजी गर्न परिचालन गरिएको छ,’ उनले टेलिग्राममा लेखेका छन्।