☰ open Loading... 27 September 2025|  

भन्सार छलीका सुर्तीहरुसहित बबईमा सामान बरामद
पश्चिम नेपाल   | ९ श्रावण २०८२, शुक्रबार १६:५९

सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोस्टमा प्रहरीले भन्सार छली गरी ल्याइएको एक लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ।

प्रहरी टोलीले नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०५४७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ती सामग्री फेला पारेका हुन्।

बसबाट बरामद गरिएका वस्तुहरूमा सुपर पावर सुर्ती ३ सय ८५ पोका, स्वीट सुपारी ३ सय ५७ पोका, कमला पसन्द १९ पिस र चिनी १ सय ५० के.जी. रहेको प्रहरीले जनाएको छ। बरामद सामग्रीको अनुमानित मूल्य रु १ लाख १९ हजार १ सय ६० रुपैँया रहेको जनाईएको छ ।

बरामद गरिएका ती सामानहरू आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।