दैलेखमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न सरोकावालाहरुले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सोंचमा परिवर्तन आवश्यक बताएका छन् । नारायण नगरपालिका दैलेखको आयोजना यूरोपियन युनियन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) सहयोग तथा सोसेक नेपालको साझेदारीमा संचालित “सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम” (EWPN) कार्यक्रम अन्तर्गत सरोकार वालाहरुले यस्तो धारणा राखेका हुन् ।
लैङ्गिक हिंसाको अन्त्यका लागि सचेतना आवश्यक रहेको रहेको नारायण नगरपालिका दैलेखका कार्यबाहक मेयर तप्ता कुमारी थापाले बताइन् । सरोकावालाहरुले गरेर मात्र लैङ्गिक हिंसा न्यूनीकरण नहुने पीडित महिलालाई मनोसामाजिक परामर्श दिने, लैङ्गिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यव्रmमा सबैले जोड दिनुपर्ने बताइन् ।
कार्यक्रममा सोसेक नेपाल अन्र्तरगत सशक्त महिला समृद्ध नेपालका कार्यक्रम प्रमख रमेश थापाले लैङ्गिक हिंंसा न्यूनीकरण, महिलाको आर्थिक सशक्तिकरण र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि प्रभावकारी श्रोत ब्यवस्था परिचालनको सुनिश्चितता गर्न महत्र्वपुर्ण भूमिका रहने बताए । उनले यस्ता खाले कार्यक्रमले समाजमा सचेतना फैलाउन महत्र्वपुर्ण भूमिका रहने बताए । उनले समाजलाई लैङ्गिक हिंसाबाटमुक्त गर्न सबैले सहयोग गर्नुपर्ने बताए । परिवार योजनाको साधनको अपरिपुर्नाट माग, रोकथाम गर्न सकिने मातृ मृत्यु र लैंगिक हिँसा तथा समाजमा विद्धमान सामाजिक हानिकारक अभ्यासहरुलाई सुन्यमा झार्नका लागि लगानी बढाउनु पर्ने देखियको र सबैले आ-आफ्नो जिम्मेवारी पुर्वक भूमिका निर्वाह गरे मात्र सो कार्यमा टेवा पुग्ने उनले बताए ।
लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारीका बारेमा सरकारले प्रतिवद्वता गर्न यो कार्यक्रमले महत्वपुर्ण भूमिका रहेको नारायण नगरपालिका दैलेखका सामाजिक बिकास अधिकृत खमबहादुर थापाले बताए । उनले यस्ता खाले कार्यक्रमले लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न सहयोग पु¥याउने धारणा पनि राखे ।
यस्तै नारायण नगरपालिका–२का वडाध्यक्ष रेशमबहादुर थापाले लैंगिक हिंसा अत्य गर्न स्थानीय सरकार संग सहकार्य हुनुपर्ने बताए । उनले आगामी दिनहरुमा थप समन्वयात्मक रुपमा कार्य गर्नुपर्ने बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बहादुर बरालले लैगीक हिसा रोक्थाम गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले कसैको दबाबमा मुद्दा नहुने सत्य तथ्य यथार्थ बुजेर मात्र मुद्दा दर्ता हुने बताए । पीडित र प्रभावितालाई न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्धार, पुनस्र्थापनका साथै लैङ्गिक हिंसा न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको प्रहरी प्रमुख बरालको भनाई छ ।
कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर केसीले पछिल्लो समयमा लैङ्गिक हिंसाका घटना बढेको बताए । उनले महिलाहरु आर्थिक र सामाजिक रूपमा हिंसापीडित बनेको बताए ।उनले लैङ्गिक अधिकारका लागि आवाज उठ्न थाल्दा नीति र कानुनको समेत अभाव भएको स्मरण गरे ।
जिल्लामा पुरुष भन्दा महिलाहरु धेरैहिंसामा परेको गैसस महासंघ दैलेखका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले बताइन् । उनले हिंसा न्यूनिकरण गर्न भाषामात्र हैन कावन्वय गर्नुपर्ने सबैले सहयोग गर्नुपर्ने बताइन् ।
लैंगिक हिंसा न्यूनीकरण, महिलाको आर्थिक सशक्तिकरण र यौन तथा प्रजनन स्वास्थ्यका बारेमा नारायण नगरपालिकाले आर्थिक बर्ष २०८२र२०८३ को नीति तथा कार्यक्रममा सम्पनी समावेस गरेको छ ।