☰ open Loading... 26 September 2025|  

चीनमा भारी वर्षा, पहिरो र डुबानमा ३० जनाको निधन
पश्चिम नेपाल   | १३ श्रावण २०८२, मंगलवार १०:५८

लगातार परेको भारी वर्षाका कारण उत्तरी छिमेकी देश चीनमा बाढी र पहिरोले क्षति पुर्याएको छ।

चीनका अधिकांश स्थान जलमग्न भएका छन्। खासगरी उत्तरी चीन बाढी पहिरोका कारण बढी प्रभावित भएको छ। उत्तरी चीनमा वर्षापछिको बाढी र डुबानका कारण कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार र राहतका काम युद्धस्तरमा गर्न निर्देशन दिएका छन्। उनले थप मानवीय क्षति हुन नदिन सचेत रहन आह्वानसमेत गरेका छन्।

राजधानी बेइजिङमा मात्र ८० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छर। मौसम पूर्वानुमानअनुसार वर्षा आजसम्म जारी रहने छ।

सन् २०१२ को जुलाईमा आएको बाढीमा ७९ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा भयावह मानिएको छ।