पश्चिम नेपाल | १३ श्रावण २०८२, मंगलवार ११:१३
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वडा नम्बर ६ स्थित हटियालाइनमा रहेका मासु, तरकारी तथा फलफूल पसलहरूलाई हटाउने प्रक्रिया अघि बढाएको छ। नगर कार्यपालिकाको २०८२ बैशाख २० गते बसेको बैठकको निर्णय अनुसार हटियालाइन क्षेत्रका यी पसलहरू जिर्ण अवस्थामा रहेकोले हटाउने तयारी थालिएको हो।
वीरेन्द्रनगर नगरपालिकाले साउन १२ गते सूचना प्रकाशित गर्दै हालका संरचना खाली गर्न तीन महिनाको समय दिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाए कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।