☰ open Loading... 27 September 2025|  

आगलागी पीडितले २ करोड बीमा रकम पाउँदा खुसी
पश्चिम नेपाल   | १४ श्रावण २०८२, बुधबार १५:१७

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -३ मा
केही महिनाअघि भएको आगलागीबाट ठूलो क्षति बेहोरेका टिका ओली स्टोरका प्रोप्राइटर टिकाबहादुर ओलीलाई सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले आज २ करोड रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ।

उक्त आगलागी २०८२ साल वैशाख २५ गते टिकाबहादुर ओलीको गोदाममा भएको थियो। आगलागीबाट गोदाममा रहेका सामाग्री पूर्ण रूपमा नष्ट भएका थिए, जसले व्यवसायमा गम्भीर असर पारेको थियो।

बीमा दाबी प्रक्रिया पूरा गरी भुक्तानी गरिएको जानकारी सिद्धार्थ प्रिमियम इन्स्योरेन्सका दाबी विभाग प्रमुख नवराज पराजुलीले दिएका छन्। उनका अनुसार, घटनाको पूर्ण मूल्यांकन, कागजात परीक्षण तथा प्रक्रिया पुरा गरेपछि २ करोड रुपैयाँको बीमा रकम भुक्तानी गरिएको हो।

बीमा रकम प्राप्त भएपछि प्रोप्राइटर ओलीले आफ्नो व्यवसाय फेरि उकास्न सक्ने विश्वास व्यक्त गरे। “यस्तो कठिन समयमा इन्स्योरेन्स कम्पनीबाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रह्यो,” ओलीले भने, “यसले मलाई पुनः व्यवसायमा फर्कन हौसला दिएको छ।”

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले यस्ता आकस्मिक घटनामा परेका बीमितहरूको समस्या समाधानमा सधैं अग्रसर रहने इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख राकेश बिसीले बताए ।