नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लामो समयदेखि खानेपानी महशुल नतिर्ने उपभोक्ताको नामसहितको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि चर्को विवाद उत्पन्न भएको छ।
संस्थाले सार्वजनिक गरेको सूचीमा ५६ जना व्यक्ति तथा संस्थाहरूको नाम, बाँकी रकमसहित उल्लेख गरिएको थियो। तीमध्ये केहीको तिर्न बाँकी रकम ३० हजारदेखि लाखौं रुपैयाँसम्म रहेको स्रोतले जनाएको छ। उल्लेख्य कुरा के छ भने सार्वजनिक सूचीमा निजी उपभोक्तासँगै सरकारी निकाय र अन्य संस्थाहरूको समेत नाम समावेश गरिएको थियो।
उपभोक्ताको नामसहित सार्वजनिक भएपछि उपभोक्ताहरूमा थप असन्तोष र आक्रोश निम्त्याएको छ। ‘संस्थाको निर्णय विना, प्रक्रिया मिचेर सामाजिक सञ्जालमार्फत यस्तो विवरण सार्वजनिक गर्नु अनैतिक र अमर्यादित हो,’ एक उपभोक्ताले भने।
खानेपानी संस्थामा लामो समयदेखि महशुल तिर्न आनाकानी गर्दै आएका उपभोक्तालाई पहिलो पटक लिखित सूचना दिइने, त्यसपछि स्थानीय पत्रपत्रिकामार्फत ताकेता गरिने र अन्तिम चरणमा मात्र नाम सार्वजनिक गरिने प्रक्रिया रहेको जनाइएको छ। तर, उक्त प्रक्रिया पालना नगरी एकाएक फेसबुकमार्फत नाम सार्वजनिक गरिएको भन्दै उपभोक्ताहरूले प्रश्न उठाएका छन्।
यस विषयमा थप जानकारी लिन संस्थाका कार्यालय प्रमुख राजन खड्कासँग बारम्बार सम्पर्क प्रयास गर्दा उनी फोन सम्पर्कमा आउन सकेनन्।
संस्थाले भने, लाखौं रुपैयाँ उठाउनुपर्ने अवस्थामा पटक–पटक ताकेता गर्दा पनि महशुल नतिर्नेहरूप्रति कडाइ अपनाउनु परेको संकेत गरेको छ। तर, उपभोक्ताहरूले सो विषयमा पूर्व जानकारी नदिई सार्वजनिक रूपमा बेइज्जत गर्ने शैलीमा विवरण सार्वजनिक गरिनु संस्थाको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन्।
खानेपानीको पैसा नतिर्नेहरुको विवरण यस प्रकार रहेको छ