☰ open Loading... 27 September 2025|  

नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशद्वारा शिव मन्दिर परिसर सरसफाइ तथा खाद्यान्न वितरण कार्यक्रम
पश्चिम नेपाल   | १८ श्रावण २०८२, आईतवार १६:४३

नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको देउती बज्यै मन्दिर र लाटीकोइलीस्थित शिव मन्दिर परिसरमा सरसफाइ तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा संघकी कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा मन्दिर परिसरको सरसफाइ गरिएको थियो। साथै, शिव मन्दिरमा आश्रित बाबाहरूका लागि खाद्यान्न वितरण गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशकी सचिव भूमिका तारमी घर्ती मगर, सह-सचिव मिना कुमारी शर्मा, सदस्य गायत्री के.सी लगायत संघका पदाधिकारीहरू तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संघले धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।