☰ open Loading... 27 September 2025|  

एनआरएन ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा दैलेख वुढा निर्वाचित
पश्चिम नेपाल   | १८ श्रावण २०८२, आईतवार १९:२८

दैलेखका विजयी वुढा गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा सर्वसम्म चयन भएका छन् । दैलेखको महावु गाउँपालिका ३ बाँसीका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि वुढाले गैरआवासीय नेपालीहरुको साथ र विश्वास नै आफुहरुको शक्ति भएको प्रतिक्रिया दिएका छन् । उनले गैरआवासीय नेपालीहरूको भरोसालाई कहिल्यै टुट्न नदिने भन्दै गैरआवासीय नेपाली समुदायको हित र प्रगतिका लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।

यसअघि प्रवासी नेपाली मन्चको अध्यक्ष समेत रहेका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले गैरआवासीय नेपालीहरुलाई एकतावद्ध वनाएर मातृभूमीका लागि योगदान दिने वताएका छन् ।