☰ open Loading... 27 September 2025|  

जाजरकोटमा पनि सुरु भयो सदस्यता अभियान
पश्चिम नेपाल   | २० श्रावण २०८२, मंगलवार ०९:२२

नेपाल प्रेस युनियन जाजरकोटले खलंगामा आयोजना गरेको सय दिने सदस्यता अभियानको शुभारम्भ कार्यक्रम गरिएको छ। नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितको टिम जाजरकोटमा आएर १०० दिने अभियान सुरु भएको हो।

सदस्य अभियान कार्यक्रममा केन्द्रीय सदस्य विष्णु न्यौपाने, कपिल कोइराला लगायतको टोली जाजरकोट पुगेको छ। यसपछि रुकुम पूर्व र पश्चिममा कार्यक्रम हुने जनाइएको छ। प्रेस युनियन जाजरकोट अध्यक्ष बासुदेव शर्मा, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कार्की लगायत जाजरकोटमा पुराना पत्रकारहरूको सहभागिता रहेको थियो।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले क्रियाशील पत्रकारहरुको मात्रै नवीकरण गरिने स्पष्ट गर्दै त्यसै अनुसार काम गर्न जिल्ला शाखाहरुलाई निर्देशन दिए । नेपालको पत्रकारिता इतिहासमै युनियनले पहिलोपटक अन्तर्राष्ट्रिय लोमान्थाङ मिडिया समिट गरेको उल्लेख गरे ।