☰ open Loading... 27 September 2025|  

अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा
पश्चिम नेपाल   | २० श्रावण २०८२, मंगलवार १३:१६

साेमबारबाट अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक खण्डको कालिकोटको गगने खोलाको सडक एकतर्फी सञ्चालनमा आएको हो।लेदोसहितको पहिरोले गगने खोलाको सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाउन मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) परिचालन गरेर बिहान साढे ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको हो।

गगने खोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक सञ्चालनमा आएको कालिकोट प्रहरीले जनाएको छ। सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्।