पश्चिम नेपाल | २१ श्रावण २०८२, बुधबार १३:१३
दैलेख -नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको सचिवमा प्रकाश अधिकारी मनोनित भएका छन् । मंगलबार बसेको एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले अधिकारीलाई सचिवमा मनोनित गरेको हो ।
पत्रकारितामा करिब दुई दशक बिताएका अधिकारीले दैलेख र सुर्खेतलाई कार्यक्षेत्र बनाएर कान्तिपुर दैनिकमा काम गरेको अनुभव छ ।
नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीको प्रमुख आतिथ्यता र प्रकाशन विभागका प्रमुख रमेश शाहीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाहको उपस्थित रहेको थियो ।