☰ open Loading... 27 September 2025|  

परीक्षामा मदिरा सेवन गरेर होहल्ला गर्ने पक्राउ
पश्चिम नेपाल   | २३ श्रावण २०८२, शुक्रबार १६:२१

सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिका- १३ गुप्तीपुरमा रहेको श्री अमर ज्योति नमुना माध्यमिक विद्यालयमा नेपाल कानुन व्यवसायी परिषद्को ३३ औं अधिवक्ता तहको परीक्षा सञ्चालन भइरहेको क्रममा, परीक्षा प्रक्रियामा परीक्षार्थीले नै बाधा सिर्जना गरेका छन् ।

दैलेख दुल्लु नगरपालिका -५ का ४५ वर्षिय परीक्षार्थी, नगेन्द्र बहादुर थापाले परीक्षा सञ्चालनमा बाधा पुर्याएको कारण, उनलाई तत्काल सुर्खेतको जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान सुरु गरिएको छ। थापाले मा.प.से. गरी परीक्षा प्रक्रियामा अवरोध पुर्याएका थिए।

यो घटनाले परीक्षामा संलग्न अन्य परीक्षार्थीहरूलाई असहज स्थिति सिर्जना गरेको थियो। जिल्ला प्रशासनले घटनाबारे थप अनुसन्धान गर्दै दोषीमाथि उचित कारवाही गर्ने जनाएको छ।

समाचार अनुसार, नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तह परीक्षा नेपालका विभिन्न स्थानहरूमा सञ्चालन हुँदै आएको छ, जसमा प्रत्येक वर्ष सैकडौं परीक्षार्थीहरू सहभागिता जनाउँछन्।

परीक्षार्थीहरूको सुरक्षा र परीक्षा वातावरणको स्थिति सुनिश्चित गर्न प्रशासनले सघन निगरानी राख्ने जनाएको छ।