☰ open Loading... 26 September 2025|  

दैलेखी युवा भारतमा हराए, खोजीका लागि सहयोगको अपील
पश्चिम नेपाल   | २७ श्रावण २०८२, मंगलवार १६:०६

दैलेख जिल्ला भैरवी गाउँपालिका–१ कुलु कोलडाडाका कर्णबहादुर कार्कीका माइलो छोरा रामबहादुर कार्की ७÷०८÷२०२५ का दिन बिहान अहमदाबादबाट ब्याङलोर जान्छु भनी रेलमार्फत यात्रा गरेका थिए। तर, उनी बिच बाटोमै हराएको परिबारले जनाएको छ।

ब्याङलोरमा बस्ने उनकी श्रीमतीलाई बिहीबार राति करिब ८ बजे फोन गरेर केही गुन्डाहरुको समूहले आक्रमण गर्न खोजेको र आसामकी एक दीदीले अहिलेसम्म बचाएको जानकारी दिएका थिए। सो संवादपछि उनको फोन बन्द भएको र हालसम्म सम्पर्कमा नआएको परिवारले बताएको छ।

परिवारका अनुसार, यदि ब्याङलोर वा मुम्बईमा बस्ने दाजुभाइ वा कुनै व्यक्तिले उनलाई फेला पारेमा वा कुनै जानकारी पाएमा तत्काल सम्पर्क गरिदिन आग्रह गरिएको छ।

भारतमा सम्पर्क नम्बर: +९१-८८४९२१०१३६
नेपालमा सम्पर्क नम्बर: ९८५८०५६२०३ (मानबहादुर कार्की)