☰ open Loading... 27 September 2025|  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रोकाय
पश्चिम नेपाल   | २८ श्रावण २०८२, बुधबार १९:३३

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकायलाई नियुक्त गरेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन्। मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।