सुर्खेत – आँखामा चक्कु प्रहार गरी ज्यान मार्ने उद्योग तथा अंगभंगको आरोपमा फरार रहेका अभियुक्त काठमाडौंमा पक्राउ परेका छन्।
मिति २०८२ साउन ९ गते राति ११:५५ बजे, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्क माथिल्लो गेटमा लैकबेसी नगरपालिका–६ बस्ने २२ वर्षीय ललित परियारलाई नवराज रावतले आँखामा धारिलो चक्कु प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए।
फरार रहेका रावतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा मिति २०८२ साउन २७ गते काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको सुर्खेत प्रहरी प्रवक्ता मोहनजंग बुढथापाले बताए । उनलाई साउन २८ गते (आज) सुर्खेत ल्याई आवश्यक थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका २१ वर्षीय नवराज रावतको स्थायी ठेगाना जुम्ला जिल्लाको हिमा गाउँपालिका–३ भए पनि हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ मा बसोबास गर्दै आएका थिए।