☰ open Loading... 27 September 2025|  

नारायण नगरपालिकामा भाद्र १ गते स्थानीय बिदा
पश्चिम नेपाल   | ३० श्रावण २०८२, शुक्रबार १६:३६

दैलेख — नारायण नगरपालिकाले भाद्र १ गते स्थानीय बिदा दिने निर्णय गरेको छ। नगरपालिकाको निर्णयअनुसार सो दिन लाखे काट्ने पर्व मनाइने भएकाले कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने छन्।

लाखे काट्ने दिनलाई यहाँ परम्परागत रूपमा वर्खे मेलाको समापनको दिनका रूपमा मनाइँदै आएको छ। यस अवसरमा नगर क्षेत्रमा सांस्कृतिक कार्यक्रम, धार्मिक अनुष्ठान आयोजना हुने भएकाले स्थानीयहरूलाई सहभागिता सहज होस् भनेर बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको छ।

बर्खे मेलाको समापनमा नारायण नगरपालिकाले स्थानीय विदा दिने निर्णय स्वागतयोग्य भएको ज्वाला क्लवका अध्यक्ष विशाल सुनारले प्रतिक्रिया दिए ।

नारायण नगरपालिकाका अनुसार, यो पर्व दैलेखको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने परम्परागत उत्सव हो, जसमा विभिन्न गाउँ–बस्तीबाट सहभागी भई स्थानीय वाद्यवादन, नाचगान र जात्रा प्रदर्शन गरिन्छ।