पश्चिम नेपाल | १ भाद्र २०८२, आईतवार १४:०२
आज श्रीकृष्णले लाखे दैत्य वध गरेको दिन श्रद्धा र भक्ति सहित मनाइएको छ। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रुपमा यो दिनलाई महत्वका साथ मनाइन्छ।
पौराणिक कथाअनुसार, कंसका सहयोगी दैत्यहरूले उत्पात मच्चाइरहेका बेला भगवान् श्रीकृष्णले लाखे दैत्यलाई पराजित गरी धर्म र शान्ति कायम गर्नुभएको थियो।
विशेष गरी पश्चिम नेपालका दैलेख र जुम्लामा परापूर्वकालदेखि लाखे जात्रा देखाइँदै आएको छ। अहिले भने प्रायः सबै जिल्ला र गाउँमा परम्परागत रूपमा लाखे नाच देखाउने गरिन्छ। यस अवसरमा भक्तजनले पूजा–आराधना गर्ने र सत्य, भक्ति र सदाचारको मार्गमा लाग्ने संकल्प लिने गर्दछन्।