पश्चिम नेपाल | २ भाद्र २०८२, सोमबार २०:३३
अख्तियारले मुगु सोरु गाउँपालिकाको जवलधारा पीसीसी सडक निर्माण योजनामा ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबर अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३६ लाख ४० हजार अनुदान प्राप्त योजनामा तोकिएको काम नगरी बढी मूल्याङ्कन गरिएको आयोगले जनाएको छ।