☰ open Loading... 27 September 2025|  

निजी क्लिनिकमा व्यस्त हुने डाक्टरलाई कारबाही गर्ने कर्णाली सरकारको चेतावनी
पश्चिम नेपाल   | ४ भाद्र २०८२, बुधबार १९:३०

कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कार्यालय समयमा निजी अस्पताल, क्लिनिक वा नर्सिङ होममा काम गर्न कडा प्रतिबन्ध लगाएको छ ।

सरकारी सेवालाई बेवास्ता गर्दै निजी क्षेत्रमा सक्रिय भएको गुनासो बढेपछि सामाजिक विकास मन्त्रालयले यस्तो कडा निर्देशन जारी गरेको हो ।मंगलबार सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले मातहतका सबै स्वास्थ्य निकाय तथा अस्पतालहरूलाई निर्देशन समेत पठाइसकेका छन् ।