पश्चिम नेपाल | ४ भाद्र २०८२, बुधबार १९:३७
मंगलबार बिहानैदेखि परेको अविरल वर्षाले खोलाको सतह बढेपछि हुम्लाको सर्केगाड क्षेत्रमा बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएकाे छ ।
सर्केगाड गाउँपालिका- १ स्थित तुम्च बडखाेलाको सतह बढेर बालबालिकालाई विद्यालयमा आउजाउमा सकस भएको हाे ।
खाेलामा पानीकाे बहाव बढेपछि देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई सास्ती व्यहोर्नु परेकाे स्थानीय पदम मल्लले जानकारी दिए ।
खाेलामा झोलुङ्गे पुल नहुँदा देवल आधारभूत विद्यालयमा आउजाउ गर्न समस्या भएकाे मल्लले बताए । खाेला बढेपछि अभिभावक मिलेर खाेला तारेर बालबालिकाहरूलाई विद्यालयसम्म पुर्याएकाे मल्लकाे भनाइ छ ।
खाेलामा पुल नहुँदा देवल आधारभूत विद्यालयमा अध्ययनरत झन्डै ८० जना बालबालिका सास्ती भाेग्न बाध्य छन् ।