पश्चिम नेपाल | ८ भाद्र २०८२, आईतवार १३:०३
हुम्लाको एउटा विद्यालयमा वर्षको कारण पहिरोले निर्माणाधीन भवनमा ठुलो क्षति पुर्याएको छ । पहिरोले ताँजाकोट –३, छप्रेलास्थित श्री धर्मोदय माध्यमिक विद्यालयमा करिब बिस लाख बराबरको क्षति पुर्याएको हो ।
शुक्रबार बेलुका विद्यालयको पछाडिको भागमा पहिरो आएर निर्माणाधीन आरसीसी भवनमा करिब बिस लाख बराबरको क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीले बताए ।